एसीसी यु–१९ प्रिमियर कप खेल्न जाने यु–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ

<span class='c1'>एसीसी यु–१९ प्रिमियर कप खेल्न जाने</span> <span class='c2'>यु–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ</span>

अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने एसीसी यु–१९ प्रिमियर कप खेल्न जाने यु–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ( राखेप) ले बिदाइ गरेको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमबीच खेलाडीहरुको बिदाइ गरिएको हो। क्यान उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का, सचिव पारस खड्का र सदस्य दिवाकर घले, सुदिप शर्मालगायतले बिदाइ गरेका थिए।

बिदाइ कार्यक्रममा बोल्दै यु १९ टिमका कप्तान देव खनालले अभ्यास राम्रो रहेको र आफूहरुको उद्देश्य ट्रफी ल्याउने रहेको बताए। उनले फास्ट बलिङ र ब्याटिङ राम्रो रहेको बताए।

कार्यक्रममा बोल्दै नेपाली यु–१९ राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले सबै किसिमले तयार रहेको र एसिया कपको क्वालिफायर हुने र ट्रफी ल्याउने लक्ष्य रहेको बताए। उनले ट्रफीका लागि खेलाडीहरु भोका रहेको बताए।

त्यस्तै, क्यानका सचिव पारस खड्काले यु–१९ क्रिकेट नेपाल क्रिकेटको सबैभन्दा ठूलो पर्फमेन्स गरेर राष्ट्रिय टिममा पर्ने प्लेटफर्म भएको बताए।

समूह ‘ए’ मा नेपाल, बहराइन, साउदी अरेबिया र इरान, समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन छन्। यसैगरी समूह ‘सी’मा सिंगापुर, कुवेत, थाइल्याण्ड र माल्दिभ्स, समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इण्डोनेसिया छन्।

१६ एसोसिएट टोली सहभागी प्रतियोगिताका शीर्ष ३ टोली एसिसी यु–१९ एशिया कपका लागि छनोट हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्