सुरक्षाको कारण इजरायलमा तय सम्पूर्ण खेल रद्द

<span class='c1'>सुरक्षाको कारण इजरायलमा तय</span> <span class='c2'>सम्पूर्ण खेल रद्द</span>

सुरक्षाको कारण देखाउँदै युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले इजरायलमा तय सम्पूर्ण खेल रद्द गरेको छ ।

इजरायलको राष्ट्रिय फुटबल टोलीले अक्टोबर १२ मा घरेलु मैदानमा युरोपियन च्याम्पियनसिप २०२४ को छनोट चरणअन्तर्गत स्विट्जरल्यान्डविरुद्ध खेल्ने तालिका थियो भने यु–२१ टोलीले युरोपियन यु– २१ च्याम्पियनसिप २०२५ को छनोटमा सोही दिन स्टोनिया र अक्टोबर १७ मा इजरायलविरुद्ध खेल्ने तालिका रहेको थियो । त्यस्तै इजरायल, बेल्जियम, जिब्राल्टर र वेल्स गरी ४ राष्ट्र सम्मिलित प्रतियोगिता पनि रद्द भएको छ । सो प्रतियोगिता अक्टोबर ११ देखि १७ सम्म सञ्चालन हुने तालिका थियो ।

युइएफएले अवस्था सामान्य नभएको खण्डमा युरोपियन च्याम्पियनसिप २०२४ को छनोट चरणअन्तर्गत इजरायल र कोसोभोबीचको खेल पनि निर्धारित समयमा हुने सम्भावना न्यून रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्