विश्वकपमा अष्ट्रेलियाको कीर्तिमानी जित, नेदरल्यान्ड्सविरुद्ध ३०९ रनको जित

<span class='c1'>विश्वकपमा अष्ट्रेलियाको कीर्तिमानी जित,</span> <span class='c2'>नेदरल्यान्ड्सविरुद्ध ३०९ रनको जित</span>

आइसीसी एक दिवसीय विश्वकपमा अष्ट्रेलियाले कीर्तिमानी जित हात पारेको छ। भारतको दिल्लीमा भएको खेलमा अष्ट्रेलियाले नेदरल्यान्ड्सविरुद्ध ३०९ रनको कीर्तिमानी जित हात पारेको हो।

ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकको मद्धतले अष्ट्रेलियाले नेदरल्यान्ड्ससामु ४०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्स २१ ओभर खेल्दै ९० रनमै सीमित भई अलआउट भयो।

नेदरल्यान्ड्सका विक्रमजित सिंहले २५ रन बनाउनुबाहेक अन्य कुनै खेलाडीले सम्मानजनक रन जोड्न सकेनन्। सस्तै रनमा अलआउट पार्न अष्ट्रेलियाका आदम सम्पाले ४ विकेट लिए।

यसअघ टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल ४० बलमा शतक बनाउँदै विश्वकप इतिहासको सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान तोडे। उनले दक्षिण अफ्रिकाका एइडन मारक्रमले ४९ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन्।

त्यस्तै ओपनर डेभिड वार्नरले पनि १०४ रनको शतकीय पारी खेले। वार्नरले ९३ बलमा ११ चौका र ३ छक्का प्रहार गरे। यससँगै अष्ट्रेलियाले ६ अंक जोड्दै सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ भने नेदरल्यान्ड्स २ अंकसहित पुच्छारमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्