वैदेशिक रोजगार ठगीमा सात जना इटहरीबाट पक्राउ

<span class='c1'>वैदेशिक रोजगार ठगीमा सात</span> <span class='c2'>जना इटहरीबाट पक्राउ</span>

विभिन्न देशमा आकर्षक वैदेशिक रोजगारीमा पठाइदिने भन्दै अवैध एवम् गैरकानुनीरुपमा अन्तरवार्ता लिई ठूलो परिमाणमा पैसा असुली गर्ने गरेको भन्ने सूचनाका आधारमा विभिन्न स्थानका सातजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

इप्रका इटहरीका अनुसार वैदेशिक रोजगारका लागि आकर्षक तलब सुविधा पाइने प्रलोभन देखाएर सर्वसाधारणलाई अन्तरवार्ता लिने कार्य गर्ने गरेको भन्ने खबर पाएको प्रहरीले २५ थान पासपोर्ट र अन्य कागजातसहित ती ठगी धन्दामा संलग्न भएकालाई हिजो र आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभएको छ ।

पक्राउपर्नेमा इटहरी–१६ का चन्द्रेश्वर चौधरी, सुन्दरदुलारी–७ का पुरण चौधरी, श्रीलङ्काली नागरिक अमिला अलाकोन, इटहरी–१९ का गङ्गाबहादुर निरौला र केशव गिरी, भरौल–५ का रमेश विष्ट र मोरङ इटहराका शिवप्रसाद आचार्य रहेका छन् ।

उनीहरुलाई वैदेशिक रोजगार विभागमा कारबाहीका लागि चलान गरिएको छ । उनीहरुले वैदेशिक रोजगारका लागि कार्यालय समेत नखोलेको र बोर्ड नलगाएको अवस्थामा फेला परेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्