पाँचथर कारागारमा पाँचगुणा बढी कैदीबन्दी

<span class='c1'>पाँचथर कारागारमा पाँचगुणा</span> <span class='c2'>बढी कैदीबन्दी</span>

पाँचथर, सुधारगृहका रुपमा रुपान्तरण गर्ने भनिएको पाँचथर कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी रहेपछि कैदीबन्दीलाई समस्या भएको छ । यसका कारण कैदीबन्दीले कष्टकर जेलजीवन गुजार्नु परिरहेको गुनासो गरेका छन् ।

कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कोचिएर बस्नु पर्दा त्यस्तो अवस्था भोग्नु परिरहेको उनीहरुले बताएका हुन् । पाँच महिलासहित २५ जनाको क्षमता रहेको पाँचथर कारागारमा अहिले १२९ कैदीबन्दी राखिएको जेलर सुरेन्द्रबहादुर मुखियाले बताउनुभयो । तीमध्ये दुईजना नाबालक र एक नाबालिकासहित १३ महिला र ११३ पुरुष कैदीबन्दी रहेको जेलर मुखियाले बताउनुभयो ।

क्षमताभन्दा बढी राखिनाले कैदीबन्दीले असुविधा भोग्नु परिरहेको जेलर मुखियाले स्वीकार्नुभयो । कैदीबन्दीले विशेषगरी शौचालय जाने र सुत्ने समयमा चरम समस्या भोग्नु परिरहेको चौकीदार टेकनाथ रिजालले बताउनुभयो । जीर्ण भवन, त्यसमाथि साँघुरो कोठामा निसास्सिएर धेरै सङ्ख्यामा कैदीबन्दी सुत्नु तथा बस्नु परिरहेको चौकीदार रिजालले बताउनुभयो ।

लामो समयदेखि प्रत्येक रात आलोपालो गर्दै आधा सङ्ख्याले खाटमुनि भुइँमा सुत्नु परिरहेको रिजालको भनाइ छ । बर्खायामको भुइँको चिसोले भिजेको ओछ्यान सुकाउँदै प्रयोग गर्नुपर्ने र घाम नलागेमा चिसै बिछ्यौनामा सुत्न बाध्य हुनु परिरहेको उहाँले सुनाउनुभयो । गर्मीयाममा खाटमुनि उकुसमुकुस हँुदै सुत्नुपर्दा अझ धेरै कष्टको सामना गर्नु परिरहेको कैदीबन्दीले पीडा पोखेका छन् ।

कारागार कैदीबन्दी मैत्री नभइरहेको विषयमा जेलर मुखियाले कारागारको प्रशस्त जग्गा भएकाले क्षमता विस्तारका लागि विभागको ध्यानाकर्षण गराउने बताउनुभयो ।

पछिल्लो समय अदालतबाट दोषी ठहरिएका फरार प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेसँगै कारागार कैदीबन्दीले खचाखच हुन पुगेको हो । अहिले प्रहरीले २० वर्षभन्दा पहिलेदेखिका फरार प्रतिवादीलाई पक्राउ गरिरहेको पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्