बिर्तामोडमा आज बिहान आगलागी, दुई करोडभन्दा बढीको क्षति

<span class='c1'>बिर्तामोडमा आज बिहान आगलागी,</span> <span class='c2'>दुई करोडभन्दा बढीको क्षति</span>

सुरुङ्गा (झापा),  भदौ । झापाको बिर्तामोडस्थित कृषि थोकबजारमा आज बिहान आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा बजारका १० वटा फेन्सी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

 

आगलागी बिहान ५ः३० बजेदेखि सुरु भएको थियो । आगलागीका कारण झन्डै रु दुई करोड मूल्य बराबरको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । आगलागी स्थानीयवासी, प्रहरी र बिर्तामोड नगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मिनी मार्केटभित्र आगलागी भएका कारण क्षतिको विवरण बढ्न सक्ने प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो ।

आगलागीका कारण घनश्याम अधिकारी, कृष्ण साह लगायतले सञ्चालन गरेको पसल जलेको बताइएको छ । आगलागीबाट थप क्षति हुन नदिन प्रहरीले अन्य पसलका सामग्री भने सुरक्षित स्थानमा निकालेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्