सुनसरीको ग्रिल उध्योगमा आगलागी २ लाख बराबरको क्षति

<span class='c1'>सुनसरीको ग्रिल उध्योगमा आगलागी</span> <span class='c2'>२ लाख बराबरको क्षति</span>

सुनसरी, भाद्र ३ गते।

सुनसरीको धरान-१३ स्थीत एक ग्रिल उध्योगमा विहीबार विहान आगलागी भएको छ।

स्थानीय भक्त बहादुर श्रेष्ठको सगरमाथा ग्रील उधोगमा मोटर साइकल वल्डीङ गर्ने क्रममा अचानक आगलागी भएको हो। आगलागीबाट मोटरसाइकल, १२ भोल्टको ब्याट्री , इन्भटर लगाएतका सामान जल्दा २ लाख बराबरको क्षती भएको बताइएको छ। आगलागी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोली र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको थियो।

त्यस्तै मोरङको कोशीहरैचा-२ बस्ने अचुद मियाको घरमा आगलागी हुँदा अन्दाजी १ लाख ५० हजार बराबरको क्षती भएको छ। अपरान्ह ३;;३० बजेतिर मियाको भान्सकोठाबाट सल्किएको आगोले उनको घर तथा घर भित्र भएको अन्नपात लत्ताकपडा समेत जल्दा १ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ।

आगलागी प्रहरी चौकी विराटचोक र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्