भारतको वैङ्लोरमा इलेक्ट्रीक इन्जिनियर पढ्ने आशामा कन्सल्टेन्सीको एजेन्टलाई लाखौं बुझाएका एक युवाको विजोग भएको छ । । जहाज र रकेट सम्वन्धी कोर्षको अध्ययनका लागि भारतको वैङ्लोर गएका एक युवा क्याम्व्रीज स्टुडेण्ट हेल्प सेन्टरबाट ठगिएका हुन् ।
तीन लाख रुपैयाँ एजेन्टलाई बुझाएर काठमाडौं हुँदै बैङ्लोर हिँडेका ती युवाको नेपालमा पढेको सक्कली प्रमाणपत्र समेत छैन । वैङ्लोर पढाउन लैजाने एजेन्टसँगको छलफलमा शनिबार इलाका प्रहरी कार्यालय इटहरीमा भेटिएका ती युवाले कन्सल्टेन्सीलाई कलेज भर्ना गर्न भन्दै तीन लाख बुझाएको बताए ।
क्याम्व्रीज स्टुडेन्ट हेल्प सेन्टर प्रा.लि. मार्फत अध्ययनका लागि वैङ्लोर गएका ती युवाको भर्ना हुन नसक्नुमा क्वालिफिकेशन बताईएता पनि कन्सल्टेन्सी सञ्चालक रसिद खानले झुक्याएर ठगेको पिडित विद्यार्थीको भनाई छ ।
विगत सात वर्षदेखि नेपाली विद्यार्थीलाई भारत लगायत विभिन्न मुलुकमा अध्ययन अध्यापनका ला
गि पठाउँदै आएको प्रा.लि.ले सयौं विद्यार्थीलाई ठगि गरिरहेको श्रोतको दावि छ । ‘यस पटक मात्रै ३० जनाभन्दा बढि विद्यार्थीलाई ठगेको आरोपमा प्रक्राउ गरिएको हो । पिडितबाट उजुरी आएपछि कानुनी प्रक्रिया अनुसार कारवाही हुन्छ ।’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओमप्रसाद अधिकारीले बताए ।
निरन्तर शैक्षिक क्षेत्रमा सक्रिय रहेको विज्ञापन गर्ने क्याम्व्रीज स्टुडेन्ट हेल्प सेन्टर प्रालिका सञ्चालकको आपसी विवादका कारण भारत पढ्न गएका विद्यार्थीको भविष्य अन्योलमा छ । विद्यार्थीका अभिभावकले कलेज र छात्रावासमा लाग्ने पैसा एजेन्टलाई दिए एजेन्टले पुरै रकम कलेजलाई नबुझाउँदा विद्यार्थीले परीक्षा दिन समेन नपाएको एक पिडितले बताए ।
क्याम्ब्रिज सञ्चालनसँगै गत मंसिरमा पुष्प अधिकारीबाट एक्सपर्ट इन्स्टिच्युुट अफ एड्भान्स टेक्नोलोजी एण्ड आइटी कलेज समेत खरिद गरी सञ्चालन गर्दै आएका खानले त्यहाँबाट समेत विद्यार्थीबाट लाखौं ठगेको श्रोत दावि गर्दछ । ‘विद्यार्थीबाट पैसा लिने बेङलोर पढ्न पठाउने विद्यार्थीको अभिभावकलाई अनावश्यक शुल्क माग्ने गरेको छ ।’ एक विद्यार्थीले नाम नबताउने शर्तमा भने । मलाईपनि अग्रिम पैसा मागेको थियो । तर, आधा पैसा दिएर आधा कलेजमै बुझाँए ।’ उनले भने ।
पुष्प अधिकारीले कम्पनी विक्रि गर्दा सम्पूर्ण प्रक्रिया पु¥याएर खानलाई कागज गरी सबै विद्यार्थीको विवरण, शुल्क जिम्मा दिएको बताउँछन् । खान भने विद्यार्थीका अभिभावकबाट लिएको पैसा अधिकारीले आफुलाई नदिएको दावि गर्दछन् । खानले बेङलोर कलेजमा भर्ना नभई नेपाल फर्किएका विद्यार्थीको तीन लाख आफैंले लिएको स्वीकार गर्छन् । एक वर्षमा खान र अधिकारी मिलेर नेपाली २९ जना विद्यार्थी भारतको वैङ्लोरमा पठाएको छलफलका क्रममा अधिकारीले बताए ।
क्याम्व्रीज स्टुडेन्ट हेल्प सेन्टर प्रा.लि. सञ्चालन गर्ने खान झापा महारानी झोडा–३ का हुन् । शुरुमा खानले झापास्थित क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रमुख विनोद कुमार सिंखडा ‘शिशिर’को शुरुको फर्म क्याम्व्रीज स्टुडेन्ट हेल्प सेन्टर प्रा.लि.मा काम थाले । त्यसपछि खानले दमक कगरपालिकामा दर्ता गरेको फर्मका कागजपत्र गायव पारेर कम्पनी रजिष्ट्रार कार्यालयमा सोहि नामको संस्था दर्ता गरी सिंखडालाई समेत गुमराहमा पारे । ‘मसँग रहँदा पनि विभिन्न गलत कृयाकलाप गरेको पाइएपछि मैले संस्था नै बन्द गरिदिँए । त्यसपछि उसले त्यहि नामको संस्था खोलेर विद्यार्थीलाई ठगिरहेको छ ।’ सिंखडाले बताए । खानले काठमाडौंका केहि कन्सल्टेन्सीसँगको मिलेमतोमा रोजगारीका लागि विदेश मान्छे पठाउने गरेको श्रोतको दावि छ । ‘अष्ट्रेलिया, क्यानडा जस्ता देशमा विद्यार्थी भिजामा मात्र जान पाईने भएपनि खानले केहि कन्सल्टेन्सीकै नाममा दमक, इटहरी क्षेत्रमा विद्यार्थी कलेक्शन गर्ने गरेका छन् ।’ श्रोत भन्दछ ।
क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका शिशिर सिंखडाले खानको हर्कत र लोगो चोरीको विषयमा नेपाल शैक्षिक परामर्श संघलाई समेत पत्राचार गरी सरकारसमक्ष आवश्यक कारवाही, अनुसन्धानको आग्रह गरेका छन् ।