वर्तमान खोतलिएको ‘दिमाग खराब’

<span class='c1'>वर्तमान खोतलिएको</span> <span class='c2'>‘दिमाग खराब’</span>

सुजता लिम्बू
परिवर्तन राजनीतिमा मात्रै होइन, पछिल्लो समय चलचित्र क्षेत्रमा पनि देखिन थालेको छ । सुन्दर नायक, नायिका, द्धन्द्ध र सांगीतिक दृश्यले आधा भाग ओगटेको विगतका चलचित्रहरु भन्दा पछिल्लो समयको चलचित्रमा फरक स्वाद भेटिन थालेको हो ।

समाजमा भोगेका, देखिएका र भइरहेका विषयबस्तुलाई ‘अर्गानिक’ नै कथामा उतार्दै चलचित्र निर्माणमा फरक धार भएर बग्न सक्नुमा पछिल्लो पुस्ताका निर्देशकहरु अब्बल देखिन थालेका छन् । यसअघि अत्याधिक चर्चा कमाउन सफल उपेन्द्र सुब्बाद्धारा निर्देशित चलचित्र जारीमा पनि मौलिकता भेटिन्छ ।

लिम्बू संस्कार र संस्कृतिलाई समेटेर सरल ढंगले पस्कन खोजको सुब्बा निर्देशित चलचित्रले सबै जातजाति र समुदायका दर्शकहरुको मन तान्न सफल भएको थियो । यस्तै अहिले चर्चामा रहको नेपाली चलचित्र ‘दिमाग खराब’ ले दर्शकको मन उत्तिकै तान्न सफल भएको छ ।
चलचित्रको माध्यमबाट पुराना भनिएको राजनीतिक दल र नयाँ उदय भएका राजनीति शक्तिको गतिविधिलाई आश्चर्य बनाउने तरिकाले दर्शक मार्फत पस्कन खोजका छन् । रहर र बाध्यताबीचको दोसाँधमा बाँचिरहेका युवा तीनकै हरेक बाध्यतमक परिस्थितिलाई निश्चल बस्नेतले चलचित्रलाई केन्द्रिकृत गरेका छन् ।

झरी पर्दा चाुहिने छाना, बिरामी आमाको औषधि उपचार, छोरीको महँगो निजी विद्यालयको ‘फ्रि’ र श्रीमतीलाई एक सरो गहना जोड्ने चाहाना तर अभावले पिल्सिएको युवाको निर्दोष सपना नै ‘दिमाग खराब’ ले दर्शकको दिमाग खराब बनाउने प्रयास भएको छ ।
चुहिने छाना फेर्ने, झपडीलाई महल बनाउने, सन्तानको सुन्दर भविष्य, बिरामी आमाको उपचार र श्रीमतीलाई खुशी र सुखी राख्ने सपना आफ्नो देशको माटोले पुरा गर्नु नसकेपछि विदेशी माटोमा पसिना बेच्न हिँडेका इन्द्र शर्मा अर्थात खगेन्द्र लामिछाने खाली खुट्टाले एरपोर्ट पुग्दाको दृश्यले दिमाग खराब मात्रै बनाउदैन चलचित्रको शुभारम्भ पनि त्यहीँबाट हुन्छ । देशमा भएको राजनीतिक परिवर्तन र यो सँगै व्यवस्था परिवर्तन त भयो तर, जनताको अवस्था भने झनै नाजुक हुँदै गएको विषयलाई चलचित्रले न्याय दिएको छ । धन कमाएर घरको आर्थिक अवस्था परिवर्तन गर्ने सपनाको पोकासँगै चुडिएको चप्पलमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका इन्द्र शर्मा मेनपावरले नपत्याउदो तरिकाले ठगेको दृश्य मर्मस्पर्शी छ । विहान विदेश हिँडेको श्रीमान बेलुका घर फर्किदा अच्चमित भएकी इन्दुकी श्रीमती सचि अर्थात स्वस्तिमा खड्काको अभिनयमा कुनै मिसावट देखिदैन । स्थानीयस्तरमा उत्पादन भएको बस्तुहरुलाई बजारिकणर गर्नु सकस भएको बजार र बैँकको किस्ताले पिरोलेको युवाहरुको पीडालाई कथामा गजबले समावेश गरिएको छ । भोलासाङ थोकर अर्थात दयाहाङ राईको अभिनय सँगै अर्गानिक हुन्छ । मेयर हरिप्रसाद अर्थात अर्पण थापालाई तोकिएको पात्र अनुसारको चरित्र खुब सुहाएको छ । उनी मेयर हुँदा सारथी रहेको विजय बराल अर्थात बलेको अभिनयमा कुनै खोट लगाउने ठाँउ छैन । पात्र अनुसार हाउभाउ, पहिरन सम्पूर्ण पाटो दमदार छ । त्यसो त चलचित्रमा राजनीतिक दलका नेताहरुको चरित्रलाई मात्रै चित्रण गरिएको छैन ।

एउटा संचारकर्मीले कति हदसम्म सकारात्मक र नकारात्मक भूमिका निर्वाह गर्न सक्छ भन्ने पनि चलचित्रमा देख्न सकिन्छ । समाजमा देखिएका समाजिक अभियन्ताको चरित्रलाई अभियन्ता निरज गौडेल बनेका सुमन कार्कीको अभिनयले राम्रैसँग देखाउन खोजिएको छ ।
दशकौँदेखि राजनीतिक आडले शासन गर्दै आइरहेको र त्यही शासनमा दबिएका आमनागरिकका आर्थिक , राजनीतिक साथै प्रशासनिक पाटोलाई मन तान्नेगरी प्रस्तुत गर्न खोजिएको छ । चलचित्र हेर्दाको समयअवधिभर बज्ने दुईवटा गीतले कथा अनुसार खुब न्याय दिएको छ ।
सन्दर्भ अनुसार गीतले दर्बिलो साथ दिएको छ । अलिकति कम्जोर पाटो शहरमा हुर्किएकी सचि र गाँउमा अभाबको रापमा पिल्सिएको इन्द्रबीच प्रेमको टुसा कसरी पलायो भन्ने विषय अदृश्य नै रहेको जस्तो महसुस भयो ।

स्थानीय तह निर्वाचनको समय पुरानो दलबाट आजित बनेका मतदाताहरुले जसरी काठमाण्डौ र धरानमा नेतृत्वको स्वाद फेर्न चाहे । सोही अनुसार चलचित्रमा नेतृत्वको स्वाद परिवर्तन गर्नुपर्छ भन्ने चेतना जागेको छ । तर, केही फितलो दृश्यहरु पनि छन् । राष्ट्रिय झण्डाबाट सुरुवात भएको चुनावी अभियान मतदानका हुने मितिसम्ममा आइपुग्दा स्वतन्त्र पार्टीको झण्डाको रंग देख्न सकिन्छ । चुडिएको चप्पल र सत्ताले पोतिएको चम्किलो जुत्ता बीचको अन्र्तसम्बन्धलाई राम्रोसँग नियाल्न सकिन्छ ।
मल नपाएर हैरान भएका किसानहरु र त्यही मल अभावलाई चुनावी एजेण्डा बनाएर मैदानमा होमिएका पुराना नेतृत्वको आश्वसन युक्त भनाईलाई जनताले मुख लोपार्दै प्रतिकार गरेको दृश्य गजबको छ । ‘रिलमा झैँ रियल’ मा पनि नेतृत्व परिवर्तनको अभियानमा जनता जाग्ने हो भने आगमी दिनमा पुराना दलहरुलाई जनता र जनचाहाना प्रति प्रतिवद्ध रहन दबाब बढ्ने थियो ।

यता, मेयरको गलत काम प्रति प्रतिकार गरेका पात्रलाई मेयरकै सारथीहरुले कार्यक्रममा कुटपिट गरेर रगताम्मे बनाइएको इन्द्रलाई उपचारको क्रममा अस्पतालको बेडबाटै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको दृश्य एकदम काल्पनिक लाग्यो । घाइते भएका बिरामीलाई उपचार गर्न प्रशासनले रोक लगाउछ जस्तो लाग्दैन । राजनीतिक दबाब र प्रभावको भुमरीमा नेपाल प्रहरीलाई समेत रुमलिदिएको महसुस हुन्छ ।
शक्ता र शक्तिका लागि आफ्नो राजनीतिक भविष्य नै दाउमा राखेर बालिका अपहरण गर्ने दृष्य यथार्थमा असम्भव हुँदो हो तर चलचित्रमा अनौठो ढंगले देखाउन खोजिएको छ ।

अर्को कम्जोरी उम्मेदवारी घोषणा गरेको कुनैपनि प्रतिनिधि पात्रलाई चोट पु¥याउन सक्दैन तर अपहरणको प्रयास हुन्छ । त्यो समय समेत प्रहरी प्रशान मौन नै रहेको देखाइन्छ । कृषि अनुदानमा घोटाला गरिएको सन्दर्भमा निर्दोषलाई दोषि करार गरेर न्यायिक हिरासतमा राखिएको हुन्छ तर त्यसको छानबिन कसरी भइरहेको छ भन्ने देखाउन खोजिएको छैन । जनप्रतिनिधिको दबाबमा हिरासतमा राखिएकालाई मेयरले नै थुनामुक्त गराइरहदा जनताको आवाज पनि त उर्लिदो हो ।

सक्ता र शक्तिका लागि आफ्नो राजनीतिक भविष्य नै दाउमा राखेर बालिका अपहरण गर्ने दृष्य यथार्थमा असम्भव हुँदो हो तर चलचित्रमा अनौठो ढंगले देखाउन खोजिएको छ । अर्को कम्जोरी उम्मेदवारी घोषणा गरेको कुनैपनि प्रतिनिधि पात्रलाई चोट पु¥याउन सक्दैन तर अपहरणको प्रयास हुन्छ । त्यो समय समेत प्रहरी प्रशान मौन नै रहेको देखाइन्छ ।

कृषि अनुदानमा घोटाला गरिएको सन्दर्भमा निर्दोषलाई दोषि करार गरेर न्यायिक हिरासतमा राखिएको हुन्छ तर त्यसको छानबिन कसरी भइरहेको छ भन्ने देखाउन खोजिएको छैन । जनप्रतिनिधिको दबाबमा हिरासतमा राखिएकालाई मेयरले नै थुनामुक्त गराइरहदा जनताको झुठो मुद्दामा फसाइएको विषयमा जनताले विरोध पनि त गर्दो हो । जनताको आवाज केबल मतदानको समय मत खसाल्दा मात्रै देखाइएको छ ।
निदर्शेक बस्नेतले वर्तमान परिवेशमा राजीतिमा मौलाएको विकृति, विसंगतीलाई औल्याउन खोजिएको छ । नयाँ पुस्ताको पक्षमा खुलेर वकालत गर्न खोजिएको छ । तर, त्योसँगै कमिकमजोरीको पाटो पनि उत्तिकै देखिएकोछ । यद्यपि चलचित्रले दिन खोजेको खुराक भने नाक, मुख खुम्च्याएर हल बाहिर निस्किनुपर्ने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्