विराटनगर । उपभोक्ताको भान्सा पकाउन पठाउने तयारीमा राखिएका ९८ ग्यास सिलिण्डरको वजन गर्दा ६० वटामा कम तौल भेटिएको छ । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले सुनसरीको दुहबी नगरपालिका ८ स्थित मारुती ग्यास उद्योगका अधिकांश शिलप्याक सिलिण्डरमा कैफियत फेला पारेको हो ।
उपभोक्ताको गुनासोपछि आकस्मिक रुपमा कार्यालय उद्योगको निरीक्षण गरेको थियो । त्यस क्रमा नमूनाका रुपमा ग्यास भरिएका ९८ सिलिण्डरको वजन लिदाँ ६० वटामा कम तौल फेला पारिएको थियो । कार्यालयले उद्योग विरुद्ध स्टाण्डर्ड नाप तौल ऐन २०२५ अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाएको छ । गत कार्तिक २१ गते सुविधा ग्यासको उद्योगमा कार्यालयले आकस्मिक निरीक्षणपछि वजन परीक्षण लिइएको थियो ।
गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका प्रमुख शम्भु झाका उपभोक्ताको घरमा आएको सिलिण्डरमा शंका लागेर वजन लिदाँ कम फेला परेपछि कार्यालयमा गुनासो आएको थियो । त्यसपछि उद्योगमा आकस्मिक निरीक्षण गरेर शिलप्याक सिलिण्डरको वजन लिदाँ अधिकांशमा क मतौल फेला पारिएको झाले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख झाका अनुसार शिलप्याक सिलिण्डरको तौल मापदण्ड अनुसार १४.२०० ग्राम हुनुपर्ने हुन्छ । तर, उद्योगका सिलिण्डरको नापतौल लिदाँ १४.१७६ ग्राम मात्रै पाइएको थियो । कार्यालयले अहिले उद्योगसँग कैफियत देखिनु कारण बारे बयान लिदैं आएको छ । स्टाण्डर्ड नाप तौल ऐन अनुसार कारवाीका लागि कम्पनीका प्रतिनिधिसँग सोधपुछ भईरहेको हो । नाप तौल ऐन अनुसार एलपीजी सिलिण्डर वा उद्योगको हकमा ५० हजार रुपिँयादेखि एकलाख रुपिँयासम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।
यस अगाडी समेत यहि उद्योगले उत्पादन गरेर बजारमा पठाएको शिलप्याक सिलिण्डर झण्डै एक किलोग्राम कम तौल भएको फेला परेको थियो ।
कार्यालयले चालु आर्थिक वर्षको चार महिनामो ६४४ वटा फर्मलाई कारवाही गरेको छ । नाप तौललमा उपभोक्तालाई ठगी गरेको पाइएपछि चालु आर्थिक वर्षको साउन देखि कात्तिकसम्म ६४४ वटा फर्म कारवाही गरिएको हो । चार महिनामा ३८ लाख १२ हजार ७६५ रुपिँया राजस्व संकलन भएको कार्यालयले जानकारी दिइएको छ ।
फोटो:फाइल