विराटनगर । यस वर्ष शिक्षादीपका ७ जना विद्यार्थीले मेडिकल शिक्षा अध्ययनको लागि एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।
त्यसैगरी इन्जिनियरिङमा उत्कृष्ट एक सयमा तीन जनाले नाम निकाल्न सफल भएका छन् भने पचासौँ विद्यार्थीले प्रवेश परीक्षा पास गरेका छन्।
संघिय राजधानी बाहिर मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि सबैभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्ने कलेजको रुवमा मानिदै आएको छ । प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत महाराजगञ्ज मेडिकल इन्स्टिच्युट (त्रिवि शिक्षण अस्पताल) सहितका अन्य मेडिकल कलेजहरुमा पूर्ण छात्रवृत्तिमा चिकित्साशास्त्र पढ्न सक्षम बनाउने कलेजको पहिचान शिक्षादीप कलेजले बनाएको छ ।
शिक्षादीपको छोटो इतिहास तर दर्बिलो विरासत छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक शिक्षिका र विद्यार्थीको अथक प्रयासले मेडिकल र इन्जिनियरिङमा शिक्षादीप कलेज अग्रणी स्थानमा आउँछ ।
गत वर्ष चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा शिक्षादीपकी अदितीकुमारी जैन ‘टपर’ भइन् । उनले १८ हजारभन्दा बढी विद्यार्थीलाई उछिन्दै छात्रातर्फ देशभरै टप भएकी थिइन् ।
कुल ६ हजार ६ सय ६९ विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्दा २ सय पूर्णाङ्कमा १७१.५ अङ्कसहित जैन सर्वोत्कृष्ट भइन् । छात्रातर्फ देशभरिमा सर्वोत्कृष्टमा नाम निकालेर जैन अहिले चिकित्साशास्त्र अध्ययन गरिरहेकी छिन् ।