कोशी प्रदेशका तीन मन्त्रीहरुले जिम्मेवारी पाउने

<span class='c1'>कोशी प्रदेशका तीन</span> <span class='c2'>मन्त्रीहरुले जिम्मेवारी पाउने</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा रहेको तीन मन्त्रीहरुले जिम्मेवारी पाउने भएका छन् ।

मन्त्रीमण्डलमा रहेका माओवादीका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु र काँग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाउने भएका हुन् ।

उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाली काँग्रेसका शमशेर राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
गत असोज २७ गते नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोही दिन शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गरेका थिए । यस्तै कात्तिक १७ गते माओवादी र नेकपा एसका तर्फबाट उप्रेती र जबेगुलाई नियुक्त गरेका थिए । त्यसलगत्तै एमालेबाट मन्त्री बनेका राम रानाले भने राजीनामा दिएका थिए । मन्त्रीहरुलाई विभागीय जिम्मेवारी दिन आज नै मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई सिफारिस गर्ने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु र मुख्यमन्त्रीबीच बिहीबार भएको बैठकले मन्त्रीहरुलाई जिम्मेवारी दिने सहमति गरेको थियो । तीन मन्त्रीले जिम्मेवारी पाएपनि सरकार विस्तार भने केहि समयपछि मात्र गर्ने सहमति गठबन्धन दलहरुबीच भएको छ ।

यता, सभामुखको निर्वाचन भने उपसभामुख अस्ट्रेलियाबाट आएपछि अगाडि बढाउने गरि सरकारले सहजीकरण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्