मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी

<span class='c1'>मूल्यमा कुरा नमिल्दा</span> <span class='c2'>भारतबाट आएन चिनी</span>

काठमाडौं । मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो तर दुवै कम्पनीले विभिन्न बहाना बनाएर सो चिनी नेपाल आयात नगर्दा अहिले समस्या बल्झिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भारतबाट चिनी तत्काल नल्याउने बताउनुुभयो । चिनीको सिजन सुरु हुँदा पनि भारतमा चिनीको भाउ महँगो रहेकाले तत्काल चिनी ल्याएर बिक्री गर्न नसकिने उनको भनाइ छ । प्रवक्ता ठाकुरका अनुसार भारतमा अहिले प्रतिकेजी ४८ रुपियाँ आइसी छ ।

“त्यो चिनी खरिद गरी भन्सार तिरेर नेपाल ल्याउँदा उपभोक्ताले प्रतिकेजी एक सयभन्दा माथि तिर्नुपर्छ । भारतबाट ल्याउने भनेको चिनी अहिले तत्काल नआउने लगभग निश्चित भएको छ । आन्तरिक उद्योगमा उत्पादित चिनी बजारमा आउन थालेपछि चिनीको भाउ स्वतः घट्दै जान्छ,” उनले थप्नुभयो ।

गएको भदौदेखि हुँदै आएको चिनीको अभाव झनै चुलिएको छ । साल्ट टे«डिङ कर्पोरेसनले आफ्ना बिक्री केन्द्रबाट प्रतिकेजी ११७ रुपियाँमा प्रत्येक उपभोक्तालाई दुई केजीका दरले बिक्री गर्दै आएको छ ।

बजारमा चिनी फाट्टफुट्ट रूपमा पाइए पनि एक केजी १२५ रुपियाँमा किन्नुपर्छ । सरकारले चिनीको आपूर्ति व्यवस्थामा ध्यान दिएर प्रभावकारी हस्तक्षेप नगर्दा उपभोक्ता अभावको मारमा परेका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्