उदयपुरको त्रियुगा नगरपालिकाले मनायो विश्व माटो दिवस

<span class='c1'>उदयपुरको त्रियुगा नगरपालिकाले मनायो</span> <span class='c2'>विश्व माटो दिवस</span>

उदयपुर । ‘‘माटो र पानी जीवनको थालनी ’’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दशौँ विश्व माटो दिवस मनाइएको छ । त्रियुगा नगरपालिकाको कृषि विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकामा व्यवसायीक कृषि गर्दै आएका कृषकहरु हातमा प्ले कार्ड बोकेर र्‍याली गर्दै गाईघाट बजार परिक्रमा गरेका थिए ।

नगरपालिकाले यस अघि व्यवसायीक कृषि गर्दै आएका १ सय कृषकको खेतीमा पुगेर माटो परिक्षण गरेको थियो । माटो चेक गराएका १ सय कृषकलाई आज ‘सोयल हेक्थ कार्ड’ (माटो सम्बन्धी जानकारी सहितको पत्र) वितरण गरेको थियो ।

र्‍याली पछि नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा कृषकहरुलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले माटो किसान र कृषिसँग सम्बन्धित रहेको हुनाले यसको स्वच्छतातर्फ ध्यान दिनका लागि सम्बन्धित किसान र सरोकार वालालाई आग्रह गरे ।

अहिले रासायनिक मलको प्रयोगले माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दै गएकाले सम्पुर्ण सरोकारवाला र कृषकलाई एकताबद्ध बनाएर जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विश्व माटो दिवस नगरपालिकामा मनाउन सुरु गरिएको मेयर बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्