भोजपुर भदौ ८, जिल्ला प्रशासन कार्यालय भोजपुरले डिजिटल माध्यमबाट कर्मचारीको हाजिरी लिन थालेको छ । कर्मचारीको हाजिरी प्रभावकारी बनाउन डिजिटल प्रणाली लागु गरिएको हो । प्रशासन कार्यालयले अन्य कार्यालयलाई पनि हाजिरीमा डिजिटल प्रविधि लागु गर्न निर्देशन दिएको छ ।