कर्मघरबाट बुहारीको बिदाई

<span class='c1'>कर्मघरबाट बुहारीको</span> <span class='c2'>बिदाई</span>

विराटनगर । सुनसरीको इटहरी नगरपालिका वडा नं २ का पुण्य पौडेल र जानुका पौडेलले बुहारीको कन्यादान गरिदिएका छन् ।

३४ वर्षीया सूजा पौडेलको कर्मघरबाट परम्पराअनुसार बिहीबार कन्यादान गरी विवाह भएको हो । २०६९ सालमा पौडेल परिवारले झापाको बैगुन्धुराबाट सूजालाई बुहारी बनाएर भित्र्याएको थियो ।

कान्छी बुहारीको रुपमा भित्र्याएकी सूजालाई विहिबार छोरीको रुपमा विवाह दान गरेर विदाइ गरेको सूजाकी सासु जानुकाले बताइन् ।
कान्छा छोरा फडिन्द्र र सूजाबीच मागी विवाह भएको थियो । फडिन्द्रको २०७१ निधन भएको थियो ।
सुनसरी डुम्राहाका रमेश रेग्मीले विवाह गर्न परिवारमै प्रस्ताव गरेपछि आफूहरुले राजीखुसी विवाह गराइ दिएको पुण्यले बताए ।
“बुहारीको माइती पक्षसँग पनि यस विषयमा छलफल भयो,” उनले भने,“पारिवारिक सहमतिमै विवाह गर्ने निणर्यमा पुगेका हौं । भनेजस्तो परिवार र उस्तै विगत भएका जोडीले राम्रो गरिखान सक्छन् भन्ने अपेक्षासहित बुहारीको विवाह गरिदिएका हौं ।”
रेग्मीको पहिलो श्रीमतीको पनि दुई वर्ष पहिले निधन भएको थियो । उनीतिरका एक छोरा र छोरी छन् । पौडेलकी पनि एक छोरी छिन् । रेग्मी सरकारी कर्मचारी हुन् । सूजा एनआइसी एसिया लघुवित्त बैंकमा कार्यरत छिन् । सूजाका बुवा कृष्ण खतिवडाले छोरी कर्मघरबाट बेहुली भई बिदा हुन पाउनु समाजका लागि पनि उदाहारण भएको बताए ।

कर्मघरबाट छोरीको रुपमा बेहुली बनेर बिदाइ हुन पाउँदा गर्व लागेको सूजाले बताइन । जीवनमा आई परेका समस्या र त्यसको समाधानबारे धेरै सिकाइ भएको बताउँदै उनले भनिन्,“पौडेल परिवारबाट मैले छोरीकै माया पाएँ । अहिले यही घरबाट बुहारी भएर जान पाउँदा यो समाजका लागि पनि उदाहरण हो जस्तो लाग्छ ।”

अब दुबैतिरका छोराछोरीलाई साथै राखेर आफूहरुले नयाँ जीवन शुरुवात गर्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्