सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने पक्राउ

<span class='c1'>सामाजिक सञ्जालमार्फत महिलाको चरित्र</span> <span class='c2'>हत्या गर्ने पक्राउ</span>

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत चिनजान भई विभिन्न समयमा दुई जनाबीच भएको क्रियाकलापलाई तस्बिर तथा श्रव्यदृश्य सम्पादन गरी महिलाको चरित्र हत्या गर्ने चितवन रत्ननगर नगरपालिका वडा नं १० घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले महिलाको तस्बिरलाई सम्पादन गरी महिलाको चरित्रहत्या गरेको अभियोगमा महतोलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले महतोलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गत पक्राउ गरी काठमाडौँ जिल्ला अदालतको आदेशले सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता रायले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्