जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि रेडस्टार र सुविजिमुर स्कुललाई

<span class='c1'>जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको</span> <span class='c2'>उपाधि रेडस्टार र सुविजिमुर स्कुललाई</span>

विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार र सुन्दरहरैचना नगरपालिकामा रहेको सुविजिमुर मेमोरियल स्कुललले जितेको छ ।

प्याब्सन मोरङले विराटनगरमा शनिबार आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले जुनियरतर्फ र सुविजिमुरले सिनियरतर्फको उपाधि जितेका हुन् ।

पालिकाबाट छनौट भएर फाइनलमा ३८ वटा विद्यालय पुगेका थिए । विराटनगरस्थित आरोहण गुरुकुलमा भएको प्रतियोगिताको फाइनलमा जुनियरतर्फ रेडस्टारले २० र सिनियरतर्फ सुविजिमुरले १६ वटा विद्यालयलाई पछि पार्दै उपाधि हात पारेको हो ।

जुनियर तर्फको द्धितीय सुन्दरहरैचाको स्कर्लसहोम स्कुल, तृतीय पथरीको एभरेष्ट स्कुल र सान्तवना बुढीगंगा गाउँपालिकाको मोरङ पब्लिक स्कुल भयो ।

यसैगरी सिनियरतर्फको द्धितीय पथरीको रडेस्टर, तृतीय बेलबारीको बालजगत स्कुल र सान्तवना सुन्दरहरैचाको बालप्रतिभा स्कुल भएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १५ हजार, द्धितीयले १० हजार, तृतीयले ५ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकहरुमा रोशन कर्मचार्य, देवराज खड्का, मिथुन ठाकुर रहेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की रहेका थिए । प्याब्सन मोरङले विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले प्रत्येक वर्ष जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिता गर्दै आएको प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए । प्याब्सनले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्दै संस्कृति संरक्षणमा पनि महत्वपूणर् भुमिका खेल्दै आएको बताए ।

प्रतियोगिताको फाइनलमा जुनियरतर्फ पूर्वाञ्चल पब्लिक, एभरेष्ट स्कुल, दिव्यज्योति, हिमालय बालसंसार, एभरेष्ट, मिनिल्याण्ड, आर्दश, बालप्रतिभा, जिवन विकास, सनग्लोरी, स्कर्लसहोम, एजेलिया, माउण्टएभरेष्ट, रेडस्टार, शिक्षा सन्देश, सप्तकोशी, मोरङ पब्लिक, माउण्ड मकालु, सनसाइन, रिलायन्स र भानु सेकेण्डरी स्कुल पुगेका थिए ।

यसैगरी सिनियरतर्फ विद्या ज्योति, आर्दश, रिलायन्स, एभरेष्ट, लम्भिएन्जल्स, बालजगत, पूर्वाञ्चल, सुविजिमुर मेमेरियल, अरनिको, सिद्धार्थ सिसुसदन, मिनिल्याण्ड, जिवन विकास, पशुपति, भृकृटिमोडल, बालप्रतिभा, सनसाइन र रेडस्टार स्कुल फाइनलमा पुग्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्