उदयपुर । उदयपुरको बेलका नगरपालिका- ४ स्थितबाट २ नाल भरुवा बन्दुक सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ४७ बर्षिया दुर्गा बिश्वकर्मा रहेकी छिन् ।
अवैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने बिशेष सुचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट शनिवार साँझ खटिएको प्रहरी टोलीले बिश्वकर्माको घर खानतासी गर्दा २ थान भरुवा बन्दुक बरामद गरेको थियो ।
बन्दुक बरामद भएसंगै बिश्वकर्मालाई समेत पक्राउ गरीएको र घटना सबन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।