विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटाको लेगुवामा एक व्यक्तिले आक्रमण गरेको छ ।
संकल्प अभियानको क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी ओलीलाई ती व्यक्तिले आक्रमणको प्रयास गरेका हुन् ।
फूल माला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई आक्रमण गरेका हुन् । उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ति व्यक्तिलाई कुटपिट गरेका थिए ।
महालक्ष्मी ५ धनकुटाका महेश राईले ओलीलाई आक्रमण गरेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।