धनुषामा बालिकाको हत्या

<span class='c1'>धनुषामा बालिकाको</span> <span class='c2'>हत्या</span>

महेन्द्रनगर (धनुषा) । धनुषामा एक बालिकाको हत्या भएको छ ।

सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको हो ।

बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको उहाँले बताउनुभयो ।

बालिकाको बलात्कार गरी हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनामामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रवक्ता अवालेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्