मेयर कोइरालाद्वारा सशस्त्र प्रहरीको भवनको शिलान्यास

<span class='c1'>मेयर कोइरालाद्वारा सशस्त्र</span> <span class='c2'>प्रहरीको भवनको शिलान्यास</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गण टंकीसिनवारी मोरङको निर्माण हुन लागेको बैठककक्ष (मिटिङ हल)को शिलान्यास गर्नुभएको छ ।

शुक्रबार गणमा आयोजित कार्यक्रममा मेयर कोइरालाले विधिवत रुपमा बैठककक्षको शिलान्यास गर्नुभयो । ४० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको भवन एसीसहितको सुविधा सम्पन्न हुने सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज थापाले जानकारी दिनुभयो ।

४० फिट लम्बाई र २० फिट चौडाइको भवनमा बैठकका साथै अन्य कार्यक्रमका लागि समेत प्रयोग गरिने जनाइएको छ । शिलान्यास कार्यक्रममा मेयर कोइरालाले शान्ति सुरक्षासहित सीमा सुरक्षा र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहम रहेको बताउनुभयो । उहाँले विपदको बेला उद्धार र राहतमा समेत सशस्त्र प्रहरीले उत्कृष्ट काम गर्ने गरेको सुनाउनुभयो ।

कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगर, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, धनपालथानका अध्यक्ष जिवछ गच्छदार, जहदाका अध्यक्ष जितु साह, बुढीगंगा वडा नम्बर १ का अध्यक्ष सोमराज काफ्लेलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्