केयुमा चिकित्सातर्फ विराट मेडिकल कलेजका डा.सनम र डा.संस्कृतिश्री गोल्ड मेडलिस्ट

<span class='c1'>केयुमा चिकित्सातर्फ विराट मेडिकल कलेजका</span> <span class='c2'>डा.सनम र डा.संस्कृतिश्री गोल्ड मेडलिस्ट</span>

विराटनगर । काठमाडौँ विश्वविद्यालय (केयु)को वि.संं. २०८० को चिकित्साशास्त्रतर्फ एमबीबीएसमा विराट मेडिकल कलेज विराटनगरका डा.सनम ढकाल र डा.संस्कृतिश्री गोल्ड मेडल हासिल गरेका छन्।

उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिक्षान्त समारोहका अवसरमा उक्त मेडल प्रदान गरेका हुन्।

छात्रतर्फ टपर बनेका बाग्लुङका ढकालले एमबीबीएसमा कुल ८४.२६ प्रतिशत अंक ल्याएका थिए।

त्यसैगरी छात्रातर्फकी टपर डा.ढकालले ८०.२९ प्रतिशत अंक हासिल गरेकी थिइन्। डा. सनम र डा.संस्कृतिश्री विराट मेडिकल कलेजको एमबीबीएसको सन् २०१६ ब्याचका विद्यार्थी हुन् । उक्त कलेजको एमबीबीएसको तेस्रो ब्याच हो, त्यही ब्याचमा सर्वोत्कृष्ट नम्बर ल्याएर डा. सनम र डा.संस्कृतिश्रीले गोल्डमेडल मात्रै ल्याएनन् विराट मेडिकल कलेजको शैक्षिक गुणस्तर समेत प्रमाणित गरिदिए ।

गोल्ड मेडलिस्ट डा.ढकालले चिकित्सातर्फको आफ्नो आकर्षण र इच्छाशक्तिले उक्त सफलता दिलाएको प्रतिक्रिया दिएका छन्। आफू झन्डै १० वर्षअघि चिकित्सा क्षेत्रमा रहेको मान, सम्मान, प्रतिष्ठाका कारण आकर्षित भएको उनले बताए।

डा.ढकालले भने, 'कुनैबेला यो पेशामा रहेको प्रतिष्ठाले आकर्षित गर्‍यो। बुझ्दै जाँदा यो पेशाबाट सेवा गर्न सकिने देखेपछि निरन्तर लागिपरेको हुँ।'

त्यसैगरी छात्रातर्फकी गोल्ड मेडलिस्ट संस्कृतिश्री आफू बुझ्ने भएदेखि नै चिकित्सा पेशाप्रति आकर्षित भएको बताउँछिन्। आफूले त्यसबाहेकको पेशा परिकल्पना नै नगरेर लागिपरेकाले सफलता प्राप्त भएको उनले बताइन्।

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा सबै प्रकारका उपचार सेवा उपलब्ध छन् । कोशी प्रदेशमा सबै भन्दा सस्तो, गुणस्तरीय स्वास्थ्य उपचार सेवा, शान्त तथा सफा वातावरण उपचार सेवा उपलब्ध गराउँदै आएको हस्पिटलको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्