सुनसरी र झापाबाट ९ जना बन्दकर्ता पक्राउ

<span class='c1'>सुनसरी र झापाबाट ९</span> <span class='c2'>जना बन्दकर्ता पक्राउ</span>

विराटनगर । सुनसरी र झापामा बन्द गराउँदै हिँडेका ९ जना बन्दकर्ताहरु पक्राउ परेका छन् ।

यातायात बन्द गराउँदै हिँडेका पहिचानवादी समुहका ९ जना बन्दकर्ताहरुलाई आज प्रहरीले पक्राउ गरेको हो ।

धरानमा बन्द गराउँदै हिड्ने राष्ट्रीय जनमुक्ती पार्टी( सुनसरी सचिब) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, ज.स.पा. धरान १५ (अध्यक्ष) हरि राई, ज.स.पा.युवासंघ सुनसरी अध्यक्ष करूण राई, ज.स.पा. धरान सह-सचिव सुमन चेम्जोङ लिम्बु र किरात राई यायोख्खा सुनसरी सह-सचिव शम्भु राई धरानबाट पक्राउ परेका छन् ।

त्यसैगरी झापाको कमल गाउँपालिका-३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघिय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध ईलाम चुलाचुलीका ध्रुव लावती, सिवसताक्षी नगरपालिका-७ का लिम्बुवान कार्यकर्ता उदयशिगु लिम्बु, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जस कुमार तामाङ र संघिय लिम्बुवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बुलाई झापाबाट प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्