काठमाडौँ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई करसहित ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष भने बैंकले ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गरेको थियो।
गत वर्षको तुलनामा कम्पनीको लाभांश दर घटेको छ भने कम्पनीले नगदमा जोड दिएको छ।