विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरण इनरुवा सुनसरीको विद्युत् सबस्टेसनको उद्घाटन गरेका छन् ।
शुक्रबार इनरुवाको भोक्राहा नरसिंह गाउँपालिका– ४, मा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले इनरुवा सबस्टेसन ४००/२२०/१३२/३३ केभी क्षमताको सबस्टेसनको उद्घाटन गरेका हुन् ।
सबस्टेसनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै नेपाल सम्पुर्ण रुपमा उज्यालो हुने बताए । ‘अहिले ९८ प्रतिशत जनतामा विद्युत पुगेको छ । आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको छ’, प्रधानमन्त्री प्रचण्डको भनाई छ ।