विराटनगरको आइएसएमटि कलेजमा क्रिसमससँगै नयाँ बर्षको साँस्कृतिक कार्यक्रम

<span class='c1'>विराटनगरको आइएसएमटि कलेजमा क्रिसमससँगै</span> <span class='c2'>नयाँ बर्षको साँस्कृतिक कार्यक्रम</span>

विराटनगर । विराटनगर ४ आयल निगममा रहेको आइएसएमटि कलेजले क्रिसमससँगै अग्रेजी नयाँ बर्षको अवसरमा विविध कार्यक्रम गरी मनाएको छ ।

बेलायती विश्वविद्यालय सन्डरल्याण्डका विभिन्न कोर्ष पढाउदै आएको कलेजले शुक्रबार कलेज परिसरमा सांगितीक कार्यक्रमसँगै पाककला प्रदर्शनी गरेका छन् ।

कलेजमा होटेल म्यानेजमेन्ट तथा विविए विषयमा अध्ययनरत विद्यार्थीहरुले किताबमा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गरेर प्रदर्शन गरेका थिए । कलेजमा विद्यार्थीहरुले ब्रिटिस करिकुलम अनुसार इभेन्टस् म्यानेजमेन्टको कोर्ष अन्तर्गत उक्त कार्यक्रम गरिएको कलेजमा कलेजका हस्पिटालिटी कार्यक्रम संयोजक विरेन्द्र पराजुलीले जानकारी दिए ।

विएचएम र मेनेजमेन्ट तेस्रो बर्षका विद्यार्थीहरुले ब्रिटिस करिकुलम अनुसार विभिन्न खानाका परिकारदेखी आफ्नै सिप र लगानीमा जुम्का गिरारे स्टल राखेर कस्मेटिक आईटमका सामाग्री विक्री वितरण समेत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम अन्तर्गत गित , नृत्य कविता वाचनदेखी कमेडी शो लगायतका आआफ्नो कला प्रस्तुत गरेका थिए ।

कलेजमा विएस सिआईटी ,विएच एम, विविए र एमविएको कोर्षहरु पढाई हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्