प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन पत्रकारको भूमिका अपरिहार्य छ : मुख्यमन्त्री कार्की

<span class='c1'>प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन पत्रकारको</span> <span class='c2'>भूमिका अपरिहार्य छ : मुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको भूमिका अपरिहार्य रहेको बताएका छन् ।

मुख्यमन्त्री निवासमा भेटघाटका लागि पुगेका नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समितिसँगको छलफलमा सोमबार मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्रदेशभरिका पत्रकार महासंघको भौतिक संरचना विकासमा योगदान गरिरहेकोले पत्रकार महासंघलाई पनि प्रदेशको अधिकार प्राप्तीका लागि बहस चलाउन आग्रह गरेका हुन् ।

प्रदेश सरकारलाई कानून बनाएर अधिकार हस्तान्तरण नगरिरहेको र कानून नियम बनिसकेको प्रहरी समायोजन नगर्ने सरकार र संघीय सांसदलाई प्रश्न गर्नुका साथै बहस चलाउनु आवश्यक रहेको उनको भनाई थियो । प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानूनन बनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उठाउने सांसद माथि सञ्चारकर्मीले किन प्रश्न उठाइरहेको छैन ? भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्