सुन्दरहरैँचा । किवानिस क्लव अफ सुन्दरहरैंचाको अगामी कार्यकालका लागि सामाजिक अभियन्ता पार्वती गच्छदार अध्यक्षमा चयन भएकी छिन ।
किवानिस इन्टरनेशनल अन्तर्गत बालबालिका र पर्यटनको क्षेत्रमा काम गर्दै आएकाे क्लब हाे । प्रदेशस्तरीय डिभिजिन १ ले आयोजना गरेको बैठकमा किवानिस क्लब अफ च्याटर प्रेसिडेन्ट शंकर बंजगाईंले इलेक्टेड प्रेसिडेन्ट गच्छदारलाई ग्यावल हस्तान्तरण गरेका छन। निर्वाचित उपाध्यक्षमा यादव पौडेल , हर्कराज राई लगायत २१ सदस्यीय समिति चयन भएका छन् ।
इटहरीको इन्टुरिजम होटेलमा भएको कार्यक्रममा १६ जना सदस्यबाट बिस्तार गर्दैं ५ सय थप गरेकोमा किवानिस क्लव नेपाल डिस्ट्रीक गर्वनर तिर्थ कुमार सिंहले नवप्रवेशी सदस्यलाई किवानिस पिन प्रदान गरेर स्वागत गरेका थिए। गर्भनर सिंहले बालबालिकाकाे क्षेत्रमा सेवा गर्दै आएको यस संस्थाप्रति बफदार भएर सेवा गर्न किवानिस सदस्यलाई प्रेरित गरेका छन।
गच्छदारले महिला तथा बालबालिकाको क्षेत्रमा बिगत एक दशक देखि सामाजिक क्षेत्रमा काम गर्दै आएकी छिन। आफ्नो कार्यकालमा बालबालिकाको लागि क्यान्सर तथा आँखा सम्बन्धि स्वास्थ्य शिविर, गरिव बिद्यार्थी २३ जनालाई एक वर्ष सम्म स्टेशनरी समान बितरण, बालबालिकाकालाई क्षमता अभिबृद्धि गर्न मनोबिर्ष तालिम लगायतका योजना लिएको गच्छदारले जानकारी दिइन् । उनले विशेष गरेर बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रकाे विकासका लागि काम गर्ने, बालबालिकालाई शारिरीक,बौद्धिक, सामाजिक विकासको लागि कार्ययोजना बनाएर अगाडि बढ्ने बताइन।