सिरहाका अस्पतालमा औषधिको चरम अभाव

<span class='c1'>सिरहाका अस्पतालमा औषधिको</span> <span class='c2'>चरम अभाव</span>

लहान,  सिरहा अस्पताल सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको भण्डारमा सकिएको जनाउँदै स्वास्थ्य संस्थालाई लामो समयदेखि औषधि उपलब्ध गराइएको छैन । कार्यालयसँगै टाँसिएको जिल्ला अस्पतालमा थोरै सङ्ख्यामा सिटामोल बाहेक अन्य कुनै औषधि नरहेको अस्पतालले जनाएको छ । सरकारले अस्पतालबाट ७० प्रकारका र प्राथमिक स्वास्थ्य केन्द्र तथा उपस्वास्थ्य चौकीबाट ४० प्रकारको औषधि निःशुल्क उपलब्ध गराउने भनिए पनि अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ ।

जिल्लाका कतिपय स्वास्थ्य संस्थामा केवल सिटामोल मात्र छ भने कतिपयमा त्यो पनि सकिएको छ । जिल्लामा एउटा जिल्ला अस्पताल, चार प्राथमिक स्वास्थ्य केन्द्र र १०४ उपस्वास्थ्य चौकी छन् । ती सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएपछि बिरामी बाहिरको निजी क्लिनिकबाट औषधि खरिद गर्न बाध्य छन् ।

गत पुस र माघयता कार्यालयले औषधि नपठाएकाले औषधिको आभाव भएको स्वास्थ्य संस्थाका प्रमुखले बताएका छन् । यता जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले स्वास्थ्य सेवा विभागबाट लामो समयदेखि औषधि नपठाएकाले जिल्लामा औषधिको आभाव भएको जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका भण्डार शाखा प्रमुख कामेश्वर रोहिताका अनुसार गत आव २०७२÷७३ मा औषधि सेवा विभागबाट तीन पटकमा तीन ट्रक मात्र औषधि पठाइएकाले औषधिको आभाव भएको हो । औषधिको अभाव भएको र पठाइदिन विभागमा पटक पटक ताकेदा गर्दा समेत चालु आव ७३÷७४ मा हालसम्म कुनै औषधि नआएकाले स्वास्थ्य संस्थालाई औषधि उपलब्ध गराउन नसकिएको रोहिताले बताउनुभयो ।

कार्यालयको भण्डारमा अहिले सिटामोल ४० हजार र जीवनजल सात हजार थान मात्र मौज्दात रहेको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्