युनाइटेड मेवाखोला हाइड्रोपावरले आइपीओ ल्याउने

<span class='c1'>युनाइटेड मेवाखोला हाइड्रोपावरले</span> <span class='c2'>आइपीओ ल्याउने</span>

काठमाडौं । ताप्लेजुङमा ५० मेगावाटको आयोजना निर्माण गरिरहेको युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड साधारण सेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनी र सिटिजन्स क्यापिटल लिमिटेडबीच सोमबार सम्झौता भएको छ ।

साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पत्रमा युनाइटेड मेवाखोला हाइड्रोपावरका कार्यकारी अध्यक्ष आशिष थापार सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्कासनको बिक्री प्रबन्धकको काम गर्ने छ ।
युनाइटेड मेवा खोला हाइड्र्रोपावरले ताप्लेजुङमा ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजना निर्माण गरिहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्