नेपालको सांस्कृतिक विविधता साझा सम्पत्ति हो : प्रधानमन्त्री दाहाल

<span class='c1'>नेपालको सांस्कृतिक विविधता साझा सम्पत्ति</span> <span class='c2'>हो : प्रधानमन्त्री दाहाल</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् ।

माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज दाहालले शुभकामना सन्देश जारी गर्दैभौगोलिक रुपले सानो मुलुक नेपालमा रहेको जातीय, भाषिक, सांस्कृतिक विविधता नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्ति भएको बताएका छन् । ‘भौगोलिक रुपले यति सानो मुलुकमा हामीले जुन जातीय, भाषिक, सांस्कृतिक विविधता प्राप्त गरेका छौै,यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्ति हो।’

नेपालमा बसोबास गर्ने विविध जाति एवं जनजातिहरुले आ-आफ्नै ऐतिहासिक मान्यता र संस्कृतिअनुसार फरक-फरक रुपमा मनाउने माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वलेनेपालको आदिम समाज, ऐतिहासिक विकास प्रक्रिया र श्रम संस्कृतिप्रतिको सम्मानलाई समेत उजागर गर्ने प्रधानमन्त्री दाहालको विस्वास छ ।

‘मूलतः प्रकृतिपूजक पर्वका रुपमा मनाइने यस पर्वमा तिल, तरुल, घिउ, सख्खरका विभिन्न परिकारहरु, विभिन्न सांस्कृतिक महोत्सव र झाँकीहरु, पूजाआजा, पारिवारिक भेटघाट, सामाजिक पुनर्मिलन,तीर हान्ने खेल लगायतका क्रियाकलापहरु हुने गर्दछन्, जसले नेपालको आदिम समाज, ऐतिहासिक विकास प्रक्रिया र श्रम संस्कृतिप्रतिको सम्मानलाई समेत उजागर गर्दछ’ दाहालले भनेका छन् ।

माघे सङ्क्रान्ति पर्व खस-आर्य, मगर, राई, थारु, लिम्बु, नेवार, गुरुङ, मैथिली, कुमाल लगायतका जाति जनजातिहरुको आ-आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्व भएको बताएका दाहालले माघे सङ्क्रान्ति र माघी पर्वले हाम्रो सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई राम्रोसँग प्रमाणित गर्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्