‘कथाभित्रका कथाहरूमा’ चेपाङ समुदायको कथा

<span class='c1'>‘कथाभित्रका कथाहरूमा’ चेपाङ</span> <span class='c2'>समुदायको कथा</span>

काठमाडौं । कुनै समय म्यूजिक भिडियो निर्देशनमा स्थापित निर्देशक दीपेन्द्र केसी यतिबेला भने वृत्तचित्र ‘कथा भित्रका कथाहरुमा’ निर्माण गरेका छन् । गायक नविन के भट्टराईको ‘अलिकति पीडा’, डम्बर नेपालीको ‘टाढा नलैजाऊ’, हिमाल सागरको ‘मैले सोचे तिमीलाई’ जस्ता सफल म्यूजिक भिडियो बनाएका दीपेन्द्रले वृत्तचित्रमा चेपाङ समुदायको कथालाई समेटेका छन् ।

ओस्कार कलेजका विद्यार्थी दीपेन्द्रका अनुसार पशुपतिनाथको गौशालामा नियमित गइरहने दीपेन्द्रले त्यहाँ छाप्रोमा खाजा बेच्ने व्यक्तिलाई देखेपछि उनले वृत्तचित्र बनाउने योजना बनाएका थिए । ती व्यक्तिसँग उनको दैनिक जीवनबारे सोधखोज गरेपछि दीपेन्द्र चेपाङ समुदायमा पुगे ।
‘मैले के गर्ने भनेर अनुसन्धान गरेँ । चेपाङका बारेमा कमै कथाहरू भेटेपछि यसमै वृत्तचित्र बनाउने निणर्य लिएँ र सुरु गरे कथा भित्रका कथा’, उनले भने।

मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा उनले वृत्तचित्र तयार पारेका छन् । उनको वृत्तचित्रमा चेपाङ जंगलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथा समेटिएको छ । दीपेन्द्रले यसको मोसन पोस्टर पश्चात टिजर सार्वजनिक गरेका छन् । वृत्तचित्रमा सन्तलाल चेपाङको कथा देखाइएको छ । ‘मैले यो कथालाई तीन सेड्युलमा खिचेका थिएँ । वृत्तचित्र खिचाइसँगै सन्तलालको जीवनसँग साक्षात्कार गर्ने मौका पनि पाएँ ।

उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँ, दीपेन्द्र भन्छन्,‘मेरो चाहना नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो । किनकि अहिलेको समयमा सहर नपसेर जङ्गलमै बस्नु रहर होइन ।’ मकवानपुरको मनहरी गाउँपालिकास्थित नयाँवस्तीमा खिचिएको वृत्तचित्रमा सन्तलालसँगै उनको परिवार फिचर्ड छन् । वृत्तचित्रमा दीपेन्द्रसँगै विनिता क्षेत्रीको निर्माण र बालकृष्ण खड्गीको सहनिर्माण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्