खोटाङमा आज बिहान गाडी दुर्घटना हुँदा चार घाइते

<span class='c1'>खोटाङमा आज बिहान गाडी</span> <span class='c2'>दुर्घटना हुँदा चार घाइते</span>

दिक्तेलबाट सामान लिएर नेर्पातर्फ जाँदै गरेको बा ९ च ७७१८ नंको गाडी आज बिहान दिक्तेलमा दुर्घटना हुँदा चारजना घाइते भएका हुन् ।

दिक्तेल नगरपालिका–१ स्थित रत्नपार्कको उकालोमा ब्रेकफेल भएर दुर्घटना हुँदा चालक सूर्य तामाङ, कम्पनीका लेखापाल प्रदीप खड्का, भान्से भीमबहादुर भुजेल र क्रसर अपरेटर खड्गबहादुर आले घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।

घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । उनीहरुको टाउको, हातखुट्टा तथा शरीरको विभिन्न भागमा चोट लागेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

रत्नपार्कमा यसअघि पनि पटकपटक दुर्घटना हुने गरेको छ । सडकमा हिँडिरहेको कुकुरलाई छलेर गाडी अगाडि बढाउन खोज्दा ब्रेकफेल भएर दुर्घटना भएको चालक तामाङको भनाइ छ ।

पाँचजना यात्रु र कम्पनीको सामान लिएर हिँडेको गाडी सडकबाट करिब २० फिट तल खसेको छ । घाइते सबैको गाडी भित्रैबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । गाडीमा सवार एकजना भने सकुशल भेटिएका छन् । उनी गाडी पल्टिँदा उछिट्टिएर तल झरेको प्रत्यक्षदर्शीले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्