पेट्रोलियम पदार्थको कृतिम अभाव श्रृजना गरी कालोबजारी गर्ने पक्राउ

<span class='c1'>पेट्रोलियम पदार्थको कृतिम अभाव श्रृजना</span> <span class='c2'>गरी कालोबजारी गर्ने पक्राउ</span>

संखुवासभा, भाद्र २१

संखुवासभा प्रहरीले पेट्रोलियम पदार्थको कृतिम अभाव श्रृजना गरी कालो बजारी गर्ने एक पेट्रोल पम्प संचालकलाई पक्राउ गरी कारवाही शुरु गरेको छ।

संखुवासभाको खाँदबारी नगरपालिका १२ ढुङ्गे बिसौनीस्थित यसोदा पेट्रोल पम्पका संचालक सोही नगरपालिका १२ बस्ने उत्तम कुमार कटुवाललाई प्रहरीले पक्राउ गरी कालोबजार तथा केहि अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ कारवाही थालेको हो।

जिल्लामा १०२ रुपैया ६५ पैसा पर्ने पेट्रोलको कृतिम अभाव श्रृजना गरी ११० रुपैया प्रति लिटर बिक्रि बितरण गरेको अवस्थामा कटुवाल सोमबार पक्राउ परेका थिए।

प्रहरीले कटुवालको पम्पबाट प्लाष्टिकको तीन वटा ड्म र एउटा जर्किनमा लुकाई राखेको अवस्थामा ४६१ लिटर पेट्रोलसमेत बरामद गरेको छ।

पम्प संचालक कटुवाललाई आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्