-ऋषि तिवारी
रमुवा पनि उही हो । जसरी कलुवा रिक्सा ठेलामा तरकारी लिदैं टोल टोलमा तरकारी बेच्दै हिड्ने ।
कलुवा भन्दा रमुवा अलिक गरीब थियो । कलुवा बर्षौदेखि तरकारी बेच्दै आइरहेको थियो । उसैको देखासिकीमा, अरुले पनि तरकारी बेचेर जीवनको आश लाग्दो सपनाहरू किन्न खोज्थें । कलुवाले देखेको सपना हामी छरछिमेकीले उसको तरकारी किनिदिँदा उसले सपनाहरु किन्न सफल भएको थियो । यसमा उसको मिहिनेत थियो ।
रमुवा ! तरकारी बेचेको पैसाले साँझपख भट्टीमा प्याक लगाउँथ्यो । उसले देखेको सपनाहरू रक्सीको बोतलमा केही कैद हुने गर्थ्यो ।
शनिवारको दिन । मपनि घरै थिएँ । पत्नी भन्थिन्, 'कलुवा तरकारी लिदै आउँला, मौसम ठिक छैन्, हाट बजार गएर तरकारी किन्ने अवस्था छैन् । मौसम अधिक चिसो भैसक्यो ।'
पत्नीको कुरो सुनें 'सही हो भन्न थालें ।' फेरि सोचें, 'खै कस्तो सही ?'
कलुवा भन्दा अघि रमुवा रिक्सा ठेला लिदैं आउँदै गरेको देखें । उनलाई भनें, 'के- के तरकारी लिने भन है छिटो । बाहिर चिसो हावाको बहाव छ ।'
रमुवा आइपुग्यो । 'ए ! रमुवा रुक- रुक ।' मैंले आवाज दिएँ । ऊ रुक्यो । उसको मुख ठुस्स गन्हाएको थियो । उसले विहान चिया पिउँनुको सट्टा लोकल रक्सी पिएको रहेछ । उसले भन्यो, 'के लिने ?'
ऊ संगै उसको पत्नी अनि छोरी पनि थिईं । उनको पत्नीलाई भनें, 'कन्या, 'रमुवाके दारु पिएके लिये, काहे छुट करत ?' अर्थात 'बुहारी, रमुवालाई रक्सी खान किन छुट दिएको ?' ऊ केहि बोलिन् ।
उसको छोरी, पाँच बर्षको छोरी जामा मात्र लगाएकी थिईं । मैंले रमुवालाई भनें, 'रमुवा जामा च्यातेर भुँडी देखिएको छ । यो चिसोमा बच्चाको ख्याल गर्नु पर्दैन् ?' उसले पनि केही जवाफ दिएन्। पत्नीलाई बोलाएँ, 'पारु यहां आऊ त, हाम्रो छोरीहरुको त्यो छोटो भएको सुईटर रमुवाको छोरीलाई देऊ त, विचरी लुगलुग काँपिरहेकी छे ।'
कता खोतल्न थालिन् पत्नी । भेटिछिन् बाक्लै सुईटर । उनले लिएर आइन्, दिदैं भनिन्, 'ए कलिया इ लगा ले ।' अर्थात 'यो लगा ला ।'
माथ्लो दाँत फुस्केको कलिया खुशी हुँदै ङिच्च गिजा देखाई ।
विराटनगर-६, ममता-मार्ग ।