कर खारेजी माग गर्दै आज देशभरका फिल्म हल बन्द हुने

<span class='c1'>कर खारेजी माग गर्दै आज</span> <span class='c2'>देशभरका फिल्म हल बन्द हुने</span>

काठमाडौँ । आज देशभरका फिल्म हल बन्द हुने भएका छन् ।

चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् ।

केही दिनअगाडि नेपाल चलचित्र सङ्घले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका फिल्म हल बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयको समर्थन गर्दै क्युएफएक्स मल्टिप्लेक्सले पनि हल बन्द हुने जनाएको छ ।

संघले कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको नेपाल चलचित्र संघल जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्