विराटनगर । झापा,मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित आईतबार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा प्रादेशिक अनुसन्धान समूह( पीआइटी) बाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका-१५ बगरकोट घर भई हाल शुक्रपथस्थित होटल सञ्चालन गर्दै आएकी ४० वर्षीया कविता भुजेल र तेह्रथुमको म्याङलुङ नगरपालिका -७ जिरिखिम्ति घर भई हाल सोही होटलमा बस्ने ३७ वर्षीय मौसम खड्कालाई ८ ग्राम ९४ मिलिग्राम लागूऔषध खैरो हिरोईन र नगद १६ हजारसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलिले मोरङको कटहरी गाउँपालिका-१ स्थित रंगेली विराटनगर सडक खण्डबाट ९ किलो २०० ग्राम लागुऔषध गाँजा सहित धनकुटाको सागुरीगढी गाउँपालिका-६ का ४१ वर्षीया अमर राईलाई नियन्त्रणमा लिएको थियो । यसका साथै लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट आईतबार साँझ संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका मोरङ पथरी शनिश्चरे नगरपालिका-९ महेन्द्र चौकका २१ वर्षीय प्रणव चौहानको साथबाट १ ग्राम २ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर फेलापारी चौहानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले छ ।