-पारस भट्ट "प्यासी"
म माथी तिमिले आज यत्रो घात गर्यौ है
मेरो इज्जत माथी तिमिले लात मार्यौ है
तिमि त मेरो कक्षा कोठाको साथी हौनी,
तिमित मेरो गाउँको छिमेकी हौनी !
ए भाइ हिजोका दिनहरुमा हामिले
सँगै भलिबल गेम खेलेको बिर्ष्यौ है!
सँगै बसेर होटेलमा नास्ता खाएको बिर्ष्यौ है !
गाउँघरमा दाजुभाइको बिहेमा सँगै नाचेको, सँगै खाना बाँडेको ,
एउटै गाडिमा जन्ती गएको बिर्ष्यौ है!
मैले गलत गर्दाखेरि तिमिले त सम्झाउनु पर्थ्यो,
भनत तिमिले झुटो कुरा गरेर दुनियालाइ जनाउनु पर्थ्यो?
दुनियालाइ हँसाएर मलाइ
रुवाउनु पर्थ्यो? ल भनत
मैले के गरेको थिए?
त्यस्तो जघन्य अपराध?
कि मैले हिजो अस्तिका दिनमा
लेखेका कुराहरुले चित्त दुख्थ्यो तिम्रो?
मलाइ भन्नू पर्थ्योत तिमी एस्तो किन लेख्छौ?
मलाइ निको लाग्दैन नलेख ल "
हुन त मैले तिमिलाइ चोट पुग्ने के
लेखेको , बोलेको थिएर !
तिम्रो बुवाले मलाइ ताली दिनु हुन्थ्यो ,
आज केही रेडियोमा आउँछ कि तिम्रो ?
म रेडियो सुनिरहनेछु भन्नू हुन्थ्यो!
तिमी त मेरो सत्रु बनेर निस्क्यौ
पापी मान्छे
मत कमजोर छु,
मत टुहुरो छु,
म गरिव छु ,
मैले के गर्न सक्ने होर
बोल्न र रुन बाहेक"
अब मैले तिमिलाइ सराप्ने छु!
के गल्ती मेरो हो?
हौइन गल्ती तिम्रो हो!
तिमिलाइ भगवती माताले सराप्ने छ!
तिमिलाइ मठैराज बाबाले सराप्ने छ!
तिमिलाइ पशुपति नाथले सराप्ने छ!
तिमिलाइ तेत्तीस कोटि देवताले सराप्ने छ
तिमिलाइ मेरो मरेका बुवाको
आत्माले सराप्ने छ!
तिमिलाइ मेरो बिधुवा
आमाले सराप्ने छ!
तिमिलाइ पितर
बर्माले सराप्ने छ !
तिमि चिन्ता नगर
मेरो गल्ती भए मलाइ सराप्ने छ
कि म हुँ पापी मान्छे
कि तिमी हौ
पापी मान्छे
सुदुरपश्चिम,बैतडी