शैक्षिक सुधारको माग गर्दै विद्यार्थी परिषद् कोशी प्रदेशले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

<span class='c1'>शैक्षिक सुधारको माग गर्दै विद्यार्थी परिषद्</span> <span class='c2'>कोशी प्रदेशले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र</span>

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई मार्फत परिषद्ले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई मार्फत परिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाएको हो ।

शिक्षा क्षेत्रको समग्र सुधारका लागि परिषद्ले सञ्चालन गरेको राष्ट्रव्यापी शैक्षिक अभियान २०८० मा उठान भएका माग एवम् सुझावहरू प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएको कार्यक्रम संयोजक अभिषेक पोखरेलले जानकारी दिए ।

परिषद्ले केही समय अगाडी विभिन्न कलेजका विद्यार्थी र शिक्षकहरूलाई वर्तमान शिक्षाको अवस्थाबारे शैक्षिक सर्वेक्षण फारम मार्फत सुझाव संकलन गरेको थियो ।

त्यहीबाट संकलित सुझावहरूलाई आधार बनाएर कोशी प्रदेश सहित देशैभरबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ३० बुँदे सुझाव सहितको ज्ञापन पत्र बुझाएको परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्