कोशी प्रदेशमा मुख्यमन्त्रीको कार्यशैलीले सत्ता गठबन्धनभित्रै मनमुटाव

<span class='c1'>कोशी प्रदेशमा मुख्यमन्त्रीको कार्यशैलीले</span> <span class='c2'>सत्ता गठबन्धनभित्रै मनमुटाव</span>

विराटनगर । लामो रस्साकशीपछि कोशी प्रदेश सरकारले पूणर्ता पाए पनि मुख्यमन्त्री कार्कीको स्वभावको कारण चर्को विरोध भएको छ ।

असोज २७ गते गठबन्धनबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरे ।
तर, सरकार विस्तार गर्दा मुख्यमन्त्री कार्कीले गठबन्धनमा भएको सहमित उल्लंघन गरेको भन्दै सत्ता गठबन्धन दलभित्रैबाट असन्तुष्टि उब्जिएको थियो । सहयात्री दल एकिकृत समाजवादी र आफ्नै दल नेपाली काँग्रेसले मुख्यमन्त्री कार्की गठबन्धनको भावनाविपरित अगाडी बढेको भन्दै विकल्प खोज्न तयार रहेको समेत बताएका थिए । जसले गर्दा अहिले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार कतिसम्म टिक्ला भन्ने बहसको विषय बनेको छ । त्यसो त मुख्यमन्त्री कार्कीले एकजना राज्यमन्त्री बनाउने र एकीकृत समाजवादीलाई थप एक मन्त्रालयको जिम्मा दिने सहमित भएको थियो ।

यता, काँग्रेसका ६ जनालाई मन्त्रालयमा समावेश गर्दा एकजना मात्रै संस्थापक पक्षबाट मन्त्री बनाएका छन् । यसले गर्दा पनि सत्ता गठबबन्धन दलभित्रै असुन्तुष्टि पैदा भएको हो । एकीकृत समाजवादीका नेता एवम् पूर्वमुख्यमन्त्री राजेन्द्र राईले मुख्यमन्त्री कार्कीले गठबन्धनको सहमित विपरित सरकार विस्तार गरेको र गल्ती नसच्याए सरकारको विकल्प खोज्ने समेत चेतावनी दिएका थिए ।

त्यसो त मुख्यमन्त्री कार्कीकै दल नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले पनि असन्तुष्टि व्यक्त गरेका थिए । थापाले मुख्यमन्त्री सहमति र गठबन्धनको भावना अनुसार अघि बढ्न खोजेको र यसले गर्दा बोकेर, काँध हालेर हिँड्न नसकिने अवस्था आएको बताएका थिए ।

यसअघि अध्यादेश ल्याउँदा पनि कुनै सल्लाह नगरी ल्याएकाले आपत्ती रहेको पूर्वमुख्यमन्त्री राईको भनाइ थियो ।

अस्तव्यस्त राजनीति

मुख्यमन्त्री कार्कीको आफूखुशी निणर्यले गर्दा प्रदेशको राजनीतिक अवस्था अस्तव्यस्त रहेको गठबन्धन दलभित्रकै नेताहरु बताउछन् । शुक्रबार मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा पूर्वमुख्यमन्त्रीद्धय उद्धप थापा र राजेन्द्र राईको अनुपस्थितिले पनि दभित्रको असन्तुष्टिको संकेत देखिएको थियो । सरकारको निरन्तरताको टुंगो नभए पनि मुख्यमन्त्रीको काम गराई अनुसार अब गठबन्धनले पनि सहयोग, समर्थन गरेर जाने अवस्था नभएको दलका नेताहरु बताउछन् । यता, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने जस्तो सल्लाह नभएरै समस्या आएको बताउछन् ।

उनले कोही पनि अस्थिरताको पक्षमा नभएको बताउदै सरकार नियमित चलोस भन्ने धारणा रहेको बताए । उनले भने,‘गठबन्धन र सबैलाई समेट्ने जिम्मेवारी मुख्यमन्त्रीको हो ।’ यता, सरकार विस्तारकै विषयमा जसपले पनि असुन्तुष्टि जनाएको छ । नाकरणको विषय सम्बोधन नभएसम्म सरकारमा नजाने भन्ने जसपाको निणर्य थियो । यद्यपि सरकार विस्तारको क्रममा जसपा सँग कुनै सल्लाहा नभएको पार्टीका केन्द्रिय सदस्य जयराम यादवले बताए ।

मुख्यमन्त्रीको एक्लो यात्राले भोलीका दिनमा असहज परिस्थिति नआउला भन्न नसकिने नेताहरु बताउछन् । सुझाव नसुन्ने मुख्यमन्त्री कार्कीको प्रवृत्तिले पनि सध संकटमा पर्ने सम्भावना हुन लागेको सत्ता गठबन्धन दलको एक नेताले बताए । मुख्यमन्त्रीले आफू खुशी गर्ने र आफूले गरेको गल्तिलाई आत्मालोचना नगरे सकारात्मक सन्देश नजाने ति नेताले बताए ।

अर्को विकल्पको तयारीमा दलहरु

स्रोतले दिएको जानकारी अनुसार कांग्रेसभित्रै हस्ताक्षर संकलन थालिएको छ । सरकारको कार्यशैली प्रति सबै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु असन्तुष्टि भएको भन्दै उनीहरुले सरकारको विकल्पको तयारी थालिएको बताइएको छ । आफ्नै दलका नेता र गठबन्धनको सहयात्री दलले विकल्प सोच्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि मुख्यमन्त्री कार्की भने झनै आक्रोशित बनेको गठबन्धन दलका नेताहरु बताउछन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्