नेपाल टेलिकमको आम्दानी घट्यो

<span class='c1'>नेपाल टेलिकमको</span> <span class='c2'>आम्दानी घट्यो</span>

काठमाडौं । गतवर्षको तुलनामा यसवर्ष नेपाल टेलिकमको आम्दानी घटेको छ ।

टेलिकमले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को दोश्रो त्रैमासिकको बित्तीय विवरणअनुसार गतवर्षको पहिलो छ महिनाको तुलनामा यो वर्ष आम्दानी घटेको हो ।

टेलिकमले साउनदेखि पौष मसान्तसम्ममा २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको छ । जबकि अघिल्लो वर्ष यही अवधिमा २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो । यसआधारमा गतवर्षभन्दा यो वर्ष ७९ करोड १७ लाख ५७ हजार रुपैयाँ कमी आएको हो । टेलिकमका अनुसार गतवर्षभन्दा यो वर्ष ३.५८ प्रतिशतले गिरावट आएको हो ।

पछिल्लो त्रैमासमा टेलिकमले प्रति सेयर ४३.६८ रुपैयाँ आम्दानी गरेको छ । यो अवधिमा टेलिकमले १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ खर्च भएको जनाएको छ । जसकाअनुसार टेलिकमलाई ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ मुनाफा भएको छ । टेलिकमले दुर्गममा सेवा विस्तार गर्नुपर्दा खर्च बढेको र सेवा शुल्क दरमा कटौती गर्नुपर्दा आम्दानी घटेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्