काठमाडौं । विश्व सामाजिक मञ्चको १६ औंसम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।
बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ‘अर्को विश्व सम्भव छ’भन्ने नाराका साथविश्व सामाजिक मञ्चको १६औं संस्करण सुरु भएको हो ।
फागुन ३ गतेदेखि सुरु भएको सम्मेलन फागुन ७ गतेसम्म हुनेछ । उदघाटका दिन विश्वका विभिन्न देशका सांस्कृतिक झाँकीसहित र्याली निकालिएको छ ।
सम्मेलनमा १३ वटा मूलविधामा आधारित भएर ठूला साना गरी ४ सय २ वटा कार्यक्रमहरु र विश्वभरबाट ९२ देशका १हजार २ सय ५२ वटा संस्था तथा समूहहरु स्वआयोजकका रुपमा दर्ता भएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने र विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभाव बारे आलोचनात्मक बहस हुनेछ ।