समृद्धिका लागि राजनीतिक दलबिच सहमति जरुरी : सभामुख घिमिरे

<span class='c1'>समृद्धिका लागि राजनीतिक दलबिच सहमति</span> <span class='c2'>जरुरी : सभामुख घिमिरे</span>

विराटनगर । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले राष्ट्र निर्माण गर्ने साझा सवालमा राजनीतिक दलहरू योजना निर्माण र कार्यान्वयनका लागि सहमतिका आधारमा अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । सभामुख घिमिरेले वर्तमान व्यवस्थाप्रति वितृष्णा जगाउने प्रयासविरुद्ध राजनीतिक दल एवम् सम्पूर्ण नागरिकले एकताबद्ध हुनुपर्ने समेत आवश्यकता औँल्याउनुभयो ।

उहाँले संसद्को चालु अधिवेशन उपलब्धिपूर्ण हुनेमा विश्वास व्यक्त गर्नुभयो । “सरकारले संसद्को चालु अधिवेशनमा ६१ वटा विधेयक दिने तयारी गरेको जानकारी आएको छ । त्यसैले संसद्लाई बिजनेसको खाँचो हुने छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्