मोरङ पब्लीक स्कुलद्धारा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

<span class='c1'>मोरङ पब्लीक स्कुलद्धारा उत्कृष्ट</span> <span class='c2'>हुने विद्यार्थीलाई सम्मान</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका १ मा रहेको मोरङ पब्लीक स्कुलले विभिन्न क्षेत्रमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

स्कुलले एक वर्षभरी विविध खेलकुद तथा हाजिरीजवाफ प्रतियोगिता जस्ता कार्यहरुमा उकृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

मोरङ पब्लिक स्कुलले बिहीबार स्कुल परिसरमा एक कार्यक्रमको आयोजना गरी पढाई तथा खेलकुदहरुमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको स्कुलका प्रिन्सीपल विवेक ढकालले जानकारी दिए।

स्कुलले वर्षभरी हरेक शुक्रबार पढाईका अतिरिक्त विविध कार्यक्रम गर्ने गरिएको प्रिन्सिपल ढकालले बताए।

त्यसैगरी स्कुल बाहिर गएर विविध कार्यक्रममा विजेता भई आउने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने गरिएको स्कुलले जनाएको छ।

स्कुलमा आज भएको विविध सांस्कृतिक नृत्य कार्यक्रम समेत आयोजना गरिएको थियो । स्कुलमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरी सहभागी अभिभावक शिक्षकशिक्षिका तथा विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । स्कुलले कक्षा नर्सरीदेखी कक्षा १० सम्मका उत्कृष्ट हुने विद्यार्थीहरुलाई अभिभावकको उपस्थितीमा सम्मान तथा पुरस्कृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्