भोलिदेखि राष्ट्रिय महिला उद्यमी सम्मेलन

<span class='c1'>भोलिदेखि राष्ट्रिय महिला</span> <span class='c2'>उद्यमी सम्मेलन</span>

विराटनगर । महिला उद्यमीद्वारा सञ्चालित उद्योग व्यवसायको विकास, विस्तार एवं प्रवर्द्धनका लागि भोलिदेखि भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन सुरु हुँदैछ ।

नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिको अग्रसरता, महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वय एंव सहकार्यमा हुने सम्मेलनमा सहभागी हुन कोशी प्रदेशका महिला उद्यमीको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

दुई दिने सम्मेलनमा सहभागी हुन उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य एवं महिला उद्यमी विकास समिति सभापति सरु केसीको नेतृत्वमा कोशी प्रदेशका १५ जना महिला उद्यमीहरुको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

उक्त राष्ट्रिय महिला उद्यमी सम्मेलनको अवसरमा कोशी प्रदेशका महिला उद्यमीहरुबाट उत्पादन भएका वस्तुहरु प्रदर्शनीका लागि राखिने जनाइएको छ ।

सम्मेलनमा सहभागी हुने टोलीको बिहीबार विदाइ गरिएको छ । त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले टोलाीलाई विदाइ गर्दै सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्