इटहरीमा भूतपूर्व सैनिक सम्मेलन सुरू

<span class='c1'>इटहरीमा भूतपूर्व सैनिक</span> <span class='c2'>सम्मेलन सुरू</span>

काठमाडौं । इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनामा भूतपूर्व सैनिक सम्मेलन २०८० बिहीबार सुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सम्मेलन उद्घाटन गर्दै भूतपूर्व सैनिकहरू नेपाली सेनाको प्रतिनिधि पात्र भएको बताए ।

सेवानिवृत्त भएपछि एक अनुशासित जीवन व्यतीत गर्दै सेनाले गरेका उल्लेखनीय कार्यहरूबारे भूपूसैनिकले समाजलाई सुसूचित गराउनुका साथै जनता र सेना बीचको पुलको रूपमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भनाइ राखे ।

सेनाको संस्थागत मूल्य र मान्यताहरूलाई अनुसरण गर्दै सैनिक सेवाको दौरान आर्जित ज्ञान, सीप र अनुभव आफ्नै गाउँघर, समाजको विकास र उत्थानमा लगाइ आवश्यक परेको समयमा समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न उनले सुझाव दिए ।

कल्याणकारी कोषको रकमबाट बहालवाला तथा अवकाशप्राप्तहरूको वृहत्तर हितका लागि नीति अनुरूप शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका क्षेत्र विस्तार गरी कार्यान्वयन गर्ने कार्य भइरहेको उनले बताए ।

सम्मेलनमा सुनसरीका ९३ वर्षीय अमल्दार गंगाबहादुर कटवाल (अ.प्रा.) र मोरङका स्वर्गीय अमल्दार डिल्लीबहादुर खत्रीकी ९० वर्षीया श्रीमती भीमकुमारी लुइँटेल खत्रीलाई सम्मान गरिएको छ ।

यस्तै, सर्वोत्कृष्ट लघु उद्यमी÷व्यवसायीहरू झापाका प्यूठ प्रमेस सिगुकी श्रीमती मनिता आङदेम्बे लिम्बू र सुनसरीका अवकाशप्राप्त हुद्दा भैरव विकलाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो । सम्मेलनमा एकै परिवारका चार वा बढी सदस्य नेपाली सेनामा रहेका सात जना अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा असक्त पाँच जनालाई ह्वीलचियर तथा आर्थिक सहयोग वितरण गरिएको थियो ।

सम्मेलनमा नेपाली सेना कल्याणकारी बोर्डले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत पाँच जना उद्यमीलाई उद्यमशील कर्जाको चेक हस्तान्तरण गरिएको थियो ।

सम्मेलनको दोस्रो चरणमा फाल्गुण ११ गते मध्यपृतना अन्तर्गत भरतपुर (चितवन) र त्रिशूली (नुवाकोट) मा आयोजना हुने कार्यक्रम छ । तेस्रो तथा अन्तिम चरणमा चैत ४ गते उपत्यका पृतनाअन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानहरूमा हुने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्