-ऋषि तिवारी
म केही पनि देख्तिनथेँ । आँखा कमजोर थियो । डाक्टर कहाँ पुगें । "डाक्टर साहब म केही पनि देख्तिनँ। मधुरो देख्छु ।" पहिले त अक्षर चिनाउँने कोठामा लगे । सोधें डाक्टरले उसैगरी- "यो कुन अक्षर हो ?" अक्षर अलिक ठूलै थियो । एउटा आँखा हातले छोप्न लगाएर सोधियो । मैंले फ्याट्टै भनें- यो ए बि सी डी को डी हो ।" अब लागे डाक्टर स- साना अक्षरहरुतिर । स- साना अक्षरहरु बुझ्न सकिनँ । डाक्टरले फट्टै पावरको शिशा लेख्यो ।
चश्मा पसल पसे लगत्तै । चश्मा पसल पनि लाइनै थिए । पुर्जी लिएर बाहिर निस्कन नै पाइन्न रहेछ । पसलेहरु एक एक गरि हल्ला गर्थें- "आउँनुस यता आउँनुस हामी छुट सहित पावरको चश्मा बनाउँछौँ ।"
म मनमनै सोच्थें । आफ्नो आँखा हेर्ने दृष्टिकोण कमजोर छ पसलेहरु चाहिं तँछाडमछाड गर्छन । यसमा दोषी को हो ? मेरो हेर्ने आँखाको दृष्टिकोण कि त्यो पावरको शिशा भएको चश्मा ?
शहरमा बसेको मान्छे हुँ । जसले जता भने पनि आफु निडर थिएँ । छिरे मन लाग्दो पसलमा भनें उसैगरी- "ओ भाई झट्ट यो डाक्टरले लेखेको पावरको चश्मा बनाउँ त ।" चश्मा तयार भयो ।
चश्मा लगाएर हिडें । कता हिडें थाहा छैन आफैंलाई । जान्न मन लाग्यों जहाँ भ्रष्टचार भैंरहेको छ त्यही पुग्नु पर्यो । यो पावरको चश्माले कति देख्दो रहेछ । न भन्दै कसैले पैसाको वार्गेनिङ गरेको देखे । यति पैसा दिनुस तपाईको काम हुँन्छ न भए हुँदैन । कानले सुन्यों चश्माले देख्यो । खुशी भएँ । चश्मा ठिक परेछ । यसले अक्षर भन्दा पनि बढी भ्रष्टचार पो देख्दो रहेछ । अब यस्ता कति देख्न पाइने हो भन्दै मनमनै डाक्टर अनि चश्मालाई धन्यवाद दिएँ ।
भ्रष्टाचार, अकुत सम्पत्ति आर्जन गर्नेको लागि यो पावरको चश्मा आखिर दोषी नै हुने भो हैन ? भन्दै आफ्नै मनलाई प्रश्न गर्दै थिएँ ।
विराटनगर-६ ममता-मार्ग ।