बालकुमारी घटनाका दोषीलाई कारबाही हुन्छ :प्रधानमन्त्री

<span class='c1'>बालकुमारी घटनाका दोषीलाई</span> <span class='c2'>कारबाही हुन्छ :प्रधानमन्त्री</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घट्नामा सरकार १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा तथ्यहीन रहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले,घट्नाबारे समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन आफूले गरेको र आजको मन्त्रिपरिषद्को बैठले निणर्य गर्ने र आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाए ।

उनले भने,‘सरकारको तर्फबाट बालकुमारी घट्नामा तत्काल लिएको पहल र क्रियाकलापबारे विल्कुल गलत सूचना भएको मंैले महशुुस गरे । सरकारले त्यस घट्नामा संलग्नलाई तत्कालै निलम्बन गर्नका लागि र पीडितहरुका सवालमा मान्यहरुले भन्नुभयो १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा विल्कुल तथ्यहीन हो । छानविन समिति पक्कै प्रतिपक्षले बनाएको त होईन । सरकारले नै बनाएको हो । मैंले हेर्दैछु आजै मन्त्रिपरिषद् छ । प्रतिवेदनको अध्ययन गरेको छु आवश्यक कारबाही गरिन्छ ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा १० लाख दिएर सरकार चुपचाप बसेको आरोप लगाएका थिए ।

त्यस्तै एमालेका सचेतक महेश बर्तौलाले पनि उक्त घट्नामा गृहमन्त्री र मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्