महिला स्वास्थ्यकर्मीहरुले रातदिन नभनी गरेको कामको सम्मान छ : मुख्यमन्त्री कार्की

<span class='c1'>महिला स्वास्थ्यकर्मीहरुले रातदिन नभनी गरेको कामको</span> <span class='c2'>सम्मान छ : मुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिला स्वास्थ्यकर्मीहरुले रातदिन नभनी गरेको कामको सम्मान रहेको बताएका छन्।

प्रजातन्त्र दिवसको अवसर पारेर प्रदेश स्वास्थ्य मन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा १४ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । सोही सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले आफ्ना सन्तानको हेरचाह छाडेर अरूको सेवा गर्न दौडने आमाहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको समेत बताए ।‘महिला स्वास्थ्यकर्मीहरुले दिनरात नभनी गरेको काम प्रति सम्मान छ, उहाँहरुले गरेको कामको सम्मान स्थानीय तहले त देख्छ— देख्छ सिहदरबारले पनि देख्ने छ । ’

उनले भने,‘यो प्रदेशका भविष्यहरु कुशल जन्म होस् तपाईहरुलाई यो प्रदेश सरकारले हेर्नेछ , प्रदेश सरकारले तपाईहरुलाई पैसा दिएको हैन तपाईहरुको कामको सम्मान गरिएको हो यसलाई नगदमा तुलना नगर्नुहोस् । हरेकको खातामा ५ हजार रुपैयाँ जाने गरि प्रोत्साहन भत्ता पठाएका छौ ।’

१४ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

कोशी प्रदेश सरकारले १४ महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानित गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले सम्मानित स्वयंसेविकाहरुलाई खुट्टामा आफैँले जुत्ता लगाइदिएर सम्मान गरेका हुन् । प्रजातन्त्र दिवसको अवसर पारेर प्रदेश स्वास्थ्य मन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा १४ जिल्लाका एक/एक स्वयंसेविकालाई मुख्यमन्त्री कार्कीले जुत्ता लगाइदिएर सम्मान गरेका हुन् । उनीहरूलाई चाँदीको सिक्का, खादा, सम्मानपत्र र नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयले हरेक जिल्लाबाट एक/एक ‘उत्कृष्ट’ स्वयंसेविका छनोट गरेको स्वास्थ्य सचिव सुधा देवकोटाले बताइन् । आधारभूत स्वास्थ्य सेवामा योगदानको कदरस्वरूप सम्मान गरिएको उनले उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्